०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक २४, २०७७

सप्तरी – साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३७० करोड पुगेको छ ।

दिनभर भएका ४१ हजार ४९ कारोबारबाट १ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । धेरै कारोबार हुने दोस्रो नम्बरमा भने नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये आधा रातो आधा हरियो देखिएक छन् ।

व्यापार, फाइनान्स, निर्जिवन बिमा कम्पनी, उत्पादनमूलक साथै माइक्रोफाइनान्स बढेर हरियो देखिएक छन् भने बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर जीवन बिमा र म्युचुअल फण्ड घटेर राताम्मे देखिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]