सप्तरी – शुक्रबार पनि सुन चाँदीको भाउ बृधि हुने क्रम जारी रह्यो ।
स्थानीय बजारमा सुनको भाउ पुनः तोलाको ९० हजार माथि पुग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले उकालो लागेर ९० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर १३ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १७ सय ८० डलर हाराहारीमा कारोबार भैरहेको थियो ।