बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ ।
महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् फिलिपको ९९ वर्षको उमेरमा गएको शुक्रवार निधन भएको थियो ।अन्तिम संस्कारको समारोह नेपाली समयअनुसार बेलुका पौने ८ बजे बिन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज च्यापलमा हुनेछ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बीबीसीले जनाएको छ ।सन् १९ सय २१ को जुन १० तारिखमा ग्रीसको कोर्फु टापुमा जन्मिएका राजकुमार फिलिप र राजकुमारी एलिजाबेथले सन् १९ सय ४७ मा विवाह गरेका थिए ।
फिलिपका नाति राजकुमार ह्यारी समारोहमा सहभागी हुने तर मेगन भने सहभागी नहुने खबरमा उल्लेख छ । गएकाे वर्ष राजकीय जिम्मेवारी त्याग गरेपछि राजकुमार ह्यारी पहिलो पटक बेलायत फर्कनुभएको हो ।कोरोना भाइरस सम्बन्धी प्रतिबन्धका कारण बेलायतमा भौतिक दूरी कायम गरी ३० जना मात्रै एक ठाउँमा भेला हुन पाउँछन् ।
स्वास्थ्यसम्बन्धी मापदण्डका कारण सर्वसाधारण नागरिकलाई अन्तिम समारोहका कुनै पनि गतिविधिमा भाग नलिन भनिएको छ ।