०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

भारतमा कोरोनाभाइरसले स्थिति निकै नाजुक बनाएको छ । हरेक राज्य, हरेक शहरमा पहिलो चरणको तुलनामा असाध्यै धेरै संक्रमित भेटिएका छन् ।

शुक्रबार पहिलो पटक एक दिनमा २ लाख ३३ हजार ७५७ संक्रमित फेला परेका छन् । यतिबेला १ लाख २२ हजार ८३९ बिरामी निको पनि भए । भारतभरि हालसम्म १ करोड ४५ लाख मानिस कोरोनाद्वारा संक्रमित भएका छन् ।यसका साथै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १३ सय ३८ ले ज्यान गुमाइसकेका छन् । मृतकको यो संख्या सरकारी हो । शवदाह स्थल, कब्रिस्तानमा योभन्दा थुप्रै गुणा बढी शव पुगेका छन् । त्यहाँका तस्बिर निकै डरलाग्दो छ ।

भारतको कोरोना अपडेट्सः
– उत्तर प्रदेशमा कोरोनाका कारण बिग्रँदो स्थितिलाई मध्यनजर गर्दै आइतबार लकडाउन लागू गरिएको छ । यतिबेला आपतकालीन सेवा मात्रै जारी रहनेछ । लकडाउनका बेला हरेक जिल्लामा स्यानिटाइजेशनको काम हुनेछ ।

– यूपीमा मास्क लगाउनेमाथि कडा कारवाही गरिनेछ । मास्क नलगाउँदा पहिलो पटक हजार भारु जरिवाना लगाइनेछ भने दोस्रो पटक नियम तोड्नेलाई १० हजार भारु जरिवाना तोकिएको छ ।

– कोरोनाको बढ्दो मामिलाका बीच देशका १२ राज्यमा मेडिकल अक्सिजनको संकट गहिरिँदै गइरहेको छ । अक्सिजनको कमीका कारण मानिसहरुको मृत्यु भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]