अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीपूर्ण सन्देशपछि पनि अमेरिकामा गोलाबारीका घटना रोकिएका छैनन् ।
इन्डियानापोलिसको हवाई अड्डानजिक फेडेक्स परिसर बाहिर भएको गोलीबारीमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । मर्नेमध्ये शिख समुदायका चार मानिस छन् ।प्रहरीका अनुसार गोली प्रहार गर्नेले पनि आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । स्थानीय शिख समुदायका लिडर गुरिनदर सिंह खालसाका अनुसार शिख समुदायका चार जनाको मृत्यु भएको छ ।जसमा तीन महिला र एक पुरुष छन् । मारिएका भारतीयको पहिचान भने खुलेको छैन । अन्तर्राष्ट्रिय हवाई अड्डा नजिक फेडेक्स परिसरमा यस्तो घटना हुनुले कैयौं प्रश्न उब्जाएको सिंहले बताए ।
फेडेक्समा कैयौं भारतीय ज्येष्ठ नागरिकहरु काम गर्ने गर्छन् । जसलाई अंग्रेजी आउँदैन । खालसाका अनुसार गोलीबारीमा चार शिखको मृत्यु भए पनि स्थानीय प्रहरीले यसबारे कुनै जानकारी दिएको छैन ।