०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाति ३ गुणा बढी गतिमा फैलिन सक्ने क्षमता भएकाले लापरवाही नगर्न सुझाव दिएका छन् ।

यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे । संवाद डबलीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रण बाहिर जान सक्छ ।’

उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस १ वर्षमा फैलिएजति ३ महिनामै पुगेको बताए । आफूहरूले केही समय पहिले काठमाडौं कोरोनाको नयाँ हटस्पट बन्नेभन्दा विरोध भएको सम्झँदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारतबाट र तराईबाट काठमाडौं पसेका व्यक्तिहरू खुलमखुल्ला रूपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भीडभाडमा नजान आग्रह गरे ।

स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौं भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए । कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए ।शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै उनले यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए ।

‘नयाँ प्रजातिको कोरोना तीब्ररूपमा फैलिरहेको छ । अहिले देशभर भौतिकरूपमा शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । स्वास्थ्य मापदण्ड पालना बालबालिकामा निकै कम देखिन्छ । विद्यालय कोरोना फैलिन माध्यम बन्ने खतरा देखिन्छ,’ डा. पुनले भने ।

पुनले बालरोग विज्ञ र अस्पताल पनि कम भएको बताउँदै विद्यालयबाट कोरोना परिवार हुँदै समुदायमा पुग्ने खतरा रहेको बताए । बालबालिकालाई बचाउनेबारे सोच्ने बेला आइसकेको भन्दै पुनले अभिभावकलाई गम्भीर बन्नु आग्रह गरे । डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]