१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। मुख्यमन्त्री पौडेलले सोमबार ललितपुरमा बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। बैठक प्रदेश सुशासन केन्द्रको भवन जावलाखेलमा सोमबार बिहान ८ बजे सुरु हुने बताइएको छ। यसैबीच मुख्यमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने विषयमा राजनीतिक दलहरुबीच मतान्तर देखिएको छ।नेपाली कांग्रेसले सहभागी हुने बताएको छ भने माओवादी केन्द्रले सहभागी नहुने जनाएको छ। ‘बैठक बोलाएको सुनिएको छ, हामीलाई औपचारिक जानकारी आएको छैन,’ माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले भने ‘बोलाए पनि हामी सहभागी हुँदैनौं।’

कांग्रसेले भने छलफललाई सकारात्मक भन्दै बैठकमा सहभागी हुने बताएको छ। ‘बैठकै नबस्ने कुरै नसुन्ने भन्ने हुँदैन,’ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने, ‘कतिपय विषयमा विमति भए पनि आफ्ना कुरा राख्न बैठकमा सहभागी हुन्छौं।’एमालेकै माधव नेपाल समूहले भने बैठकबारे जानकारी नै नआएको बताएको छ। ‘बैठकबारे जानकारी नै आएको छैन,’ एमाले नेतृ अष्टलक्ष्मी शाक्यले भनिन्, ‘बैठकमा छलफल हुने विषयबारे जानकारी आएपछिमात्र जानेनजाने निर्णय हुन्छ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस सहभागी भएको थियो भने माओवादी केन्द्र तथा एमालेके वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएका थिएनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]