नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ तथा हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ ।
भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।मूल्य समायोजनपछि पेट्रोलको १२१ तथा डिजेल र मटीतेलको १०४ रुपैयाँ तथा हवाई इन्धनको ७६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
मूल्य समायोजनापछि पनि निगमलाई अर्धमासिक रुपमा ७० करोड ६६ लाख रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ ।