वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९० जनाको परीक्षण गरिएकाेमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।संक्रमतिहरु मध्ये पर्सा जिल्लाका ३९ र बाराका ६ जना रहेको दासले बताए । पर्सामा थपिएका संक्रमितहरु मध्ये ३८ जना वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुका रहेको तथा १ जना पर्सागढी नगरपालिका ३ को स्थानीयबासी रहेका छन्।वीरगञ्ज ममहानगरपालिका वडा नम्बर ६ का ९ जना, १० का ८ जना, २ का ६ जना, वडा नम्ब्र १३ का चार जना, १५ का ३ जना रहेका छन्।
यस्तै बाराको जितपुर सिमरा उप महानगरपालिकाका २ जना, कलैया उपमहानगरपालिकाका २ जना, परवानीपुर गाउँपालिका ३ का एक, फेटा गाउँपालिका ७ का एक, करैयामाई गाउँपालिका ६ का एकजनामा संक्रमण देखिएको छ।