०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

काठमाण्डाै – साेमवार (आज) देखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण थालिएको छ । गएको चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले उज्यालोलाई जानकारी दिनुभयो । १७ करोड लिटर पानी प्रणालीमा पठाउँदा पनि ठूलो समस्या नदेखिएको र यो एकदमै खुसीको कुरा भएको सचिव बेल्वासेको भनाइ छ ।

पुरानै प्रणालीबाट वितरण गरिएका केही ठाउँमा पाइप फुट्ने समस्या देखिए पनि नयाँ प्रणाली र ठूला पाइपमा समस्या नदेखिएको उहाँको भनाइ छ । गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]