सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा विपद प्रतिक्रियात्मक सामाजिक सुरक्षा सम्बन्धि दुई दिने ताालिम सम्पन्न भएको छ ।
नगर स्तरीय सामाजिक सुरक्षा नितिलाई विपद प्रतिक्रियात्मक बनाउने उदेश्यले सो दुई दिने तालिम संचालन गरेको नगर प्रमुद उत्तम कुमार गौतमले जानकारी दिनुभयो । डिसिए नेपालको साझेदारीमा कोशी पिडित समाज तथा सप्तकोशी नगरपालिकाको समन्वयमा संचालित इनोभेसन परियोजनाको सहयोगमा संचालित उक्त तालिममा अत्ति प्रभावकारी रहेको उपमेयर आशा चौधरीले बताईन ।
सो दुई दिने तालिममा नगर प्रमुख ,उपप्रमुख ,वडाअध्यक्षहरु ,विभिन्न शाखा प्रमुख ,कार्यपालिका सदस्य सहित २२ जनाको सहभागिता रहेको आयोजक समाजका सुकदेव चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार सप्तकोशी नगरपालिकाका सामाजिक सुरक्षा नितिलाई व्यवहारिक र विपद प्रतिक्रियात्मक बनाउने ,विपद प्रतिक्रियात्मक सामाजिक सुरक्षाको आधारभुत बुझाईलाई स्थानीय तहमा फराकिलो बनाईने ,विपदमा नगद सहयोग कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधिका बारेमा अभिब्यक्ति प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।