१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

अमेरिकाको आणविक हतियारको रेखदेख गर्ने संस्था यूएस स्ट्राटेजिक कमान्डका प्रमुख एड्मिरल चार्ल्स रिचर्डले चीन र रुसले अमेरिकाभन्दा छिटो आणविक हतियार र क्षमतालाई आधुनिकीकरण गरिरहेको चेतावनी दिएका छन् ।

मंगलवार संसद्को एक सुनुवाइमा उनले आणविक रक्षा तथा संरचनामा अमेरिकाले थप लगानी नगरेमा शत्रुहरूलाई अमेरिकाको डर नलाग्ने बताए । रुस परम्परागत आणविक क्षमता विकास तथा आधुनिकीकरणमा आक्रामक रूपमा संलग्न रहेको र लगभग ८० प्रतिशत काम सकेको भने अमेरिका शून्यको स्थितिमा रहेको उनले बताए । अनि चीनले आफ्नो आणविक क्षमता तीव्र गतिमा आधुनिकीकरण गरिरहेकाले एक हप्तामा केही न केही नौलो परिवर्तन गरेको उनको भनाइ छ ।

त्यसो त चीनको आणविक हतियार अमेरिका र रुसको आणविक हतियारभन्दा निकै कम छ तर उसले त्यसलाई व्यापक मात्रामा विस्तार गरिरहेको छ । रुस र अमेरिकाले लगभग १५ सय ५० आणविक वारहेडहरू अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रमा, पनडुब्बीबाट प्रक्षेपण गर्ने ब्यालिस्टिक क्षेप्यास्त्रमा र भारी बमवर्षक विमानमा जडान गरेका छन् भनी पछिल्लो एसटीएआरटी सन्धिमा उल्लेख छ । चीनसँग जम्मा ३२० वारहेडहरू रहेको स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटले अनुमान गरेको छ ।

अमेरिकाको आणविक हतियार कार्यक्रमको सञ्चालन, अन्तरिम अप्ग्रेड र पूर्ण आधुनिकीकरणका लागि १.२ खर्ब डलर लाग्ने भनी सन् २०१७ मा संसद्को बजेट अफिसको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]