१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकास र समृद्धिको लागि प्रतिगमन विरोधी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।

बिहिबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, समृद्धि र संविधानको रक्षाको निम्ति प्रतिगमनविरोधी शक्तिहरु बिचमा एकताको आवश्यकता रहेको बताए । ‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकताबद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ ।’ उनले भने, ‘देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमनविरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्र चल्ने अन्र्तसंघर्षले पार्टीको विकृतिलाई किनारा लगाउने भन्दै ती विकृतिहरु गैरकम्युनिष्ट पश्चगामी प्रवृतिको रुपमा मूलप्रवाहबाट बाहिरिने समेत बताए । ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्र्तसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति – विसंगतिलाई संघर्षको माध्यमबाट किनारा लगाउने गरेको छ ।

यी विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीको रुपमा घोर प्रतिगामी प्रवृति देखा परेको छ ।’ उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]