०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १०, २०७८

मकवानपुर – भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकमा आज बिहानैदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा कालोपत्र गर्नुपरेका कारण यो सडकमा आजदेखि आगामी जेठ २५ सम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले जानकारी दिए ।सडक बन्द गराइएपछि हाल त्रिभुवन राजपथमार्फत हलुका यातायातका साधन काठमाडौंतर्फ गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले कान्ति राजपथ हुँदै काठमाडौंतर्फ जाने रुटमा निजी कार, जिप र मोटरसाइकललाई मात्र अनुमति दिइएको र आज बिहानैदेखि यो सडकमा यसअघिकै जस्तो यातायात सञ्चालनमा आएको बताए ।यही अवधिमा भीमफेदी–कुलेखानी सडकको फाखेलमा ढल निर्माण र कालोपत्रसमेत गरिनेछ ।

वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी ३४ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]