१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १०, २०७८

काठमाडौं – यही वैशाख ११ गते शनिबारबाट त्रिपुरेश्वरको दशरथ रंगशालामा हुन लागेको पहिलो फुटबल फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग(एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै विजेताको पुरस्कारबारे जानकारी दिएको हो।

आगामी जेठ १ गतेसम्म हुने प्रतियोगितामा सात टिम समावेश हुँदैछन्। लिगमा दोस्रो स्थान प्रप्त गर्नेले १५ लाख पुरस्कार पाउने पनि आयोजकले बताएको छ। त्यस्तै, व्यक्तिगततर्फ छ विधामा पुरस्कार वितरण गरिनेछ।

उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकपिर, इमर्जिङ खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई पनि आयोजकले समान १–१ लाख पुरस्कार प्रदान गर्ने बताएको छ। प्रतियोगिताको निर्देशक श्रेयस कार्कीले यो पुरस्कार रकम बढ्न सक्ने बताएका छन्।

प्रतियोगितको म्यान अफ दि म्याचले २५ हजार पाउने छ भने हरेक खेलको इमर्जिङ खेलाडीले १० हजार पुरस्कार पाउने छ। ‘इमर्जिङ खेलाडीको पुरस्कार ए श्रेणी र विदेशी खेलाडीलाई प्रदान गरिने छैन,’ कार्कीले भने, ‘बी, सी र डी क्याटागोरीका खेलाडीले त्यो पुरस्कार जित्न सक्नेछन्। यो फ्रेन्चाइजको उद्देश्य युवा खेलाडीलाई हौसला दिने पनि हो त्यसैले हरेक खेलमा इमर्जिङ खेलाडीको पुरस्कार दिन लागेका हौँ।’

प्रतियोगितामा दर्शक प्रवेशमा सरकारले कडाइ गरेपछि आयोजकले बन्द रंगशालामा प्रतियोगिता गराउने भएको छ। ‘हामी जिरो अकुपेन्सीमा जाँदैछौं। खेलकुद परिषद्, मन्त्रालय र सिसिएमसी सबैबाट बन्द रंगशालामा खेल गराउने अनुमति पाइसकेका छौं,’ आयोजनक संस्थाका सीईओ सुदिप शर्माले भने, ‘सरकारले जारी गरेको कोभिडको जुन मापदण्ड छ, त्यसलाई पालना गर्दै हामी अघि बढ्नेछौं।’

उनले प्रतियोगितका दौरान कोभिड–१९ को संक्रमण नियन्त्रण हुँदै गएमा दर्शक प्रवेश अनुमति दिन सकिने बताएका छन्। यदि प्रतियोगिताको दौरान कुनै खेलाडीलाई कोभिडको संक्रमण देखिए र उसले लामो समय लिग खेल्न नसक्ने अवस्था आएमा गत चैत ६ गते भएको अक्सनमा अनसोल्ड भएका सोही श्रेणीका खेलाडी अनुबन्ध गर्न सक्ने आयोजकले बताएको छ।

कोभिड–१९ को केसका लागि आयोजकले लचकता अपनाएको सीईओ शर्मा बताउँछन्। ‘कोभिड–१९ को संक्रमणबारे हामीले सबै टिमसँग छलफल गरेका छौं। आपसी समझादारी पनि भएको छ,’ निर्देशक कार्कीले भने।

प्रतियोगिताको फर्म्याट

सिंगल राउन्ड रोबिन शैलीमा लिग सञ्चालन हुनेछ। लिग चरणमा उत्कृष्ट चारमा पर्न सफल टिमले प्ले अफमा अवसर पाउने लिग निर्देशक कार्की बताउँछन्।

लिग चरणमा सातै टिमले समान ६–६ खेल खेल्न पाउनेछन्। यो फर्म्याटमा लिग चरणका शीर्ष दुई टिमले प्ले अफमा प्रतिस्पर्धा गर्नेछन्। त्यो खेलको विजेता टिम सिधा फाइनलमा पुग्नेछ। तर पराजित टिमलाई पनि फाइनलमा पुग्नका लागि अर्को अवसर हुनेछ।

लिगमा तेस्रो र चौथो हुने टिमले पनि इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। सो खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ। तर विजेता टिमले पहिलो र दोस्रोबीच भएको खेलको पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ।

सो खेलमा विजेता हुने टिमले प्ले अफको पहिलो खेलमा जित निकालेको टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्लेअफमा निर्धारित ९० मिनेटसम्म पनि बराबरी भएमा ३० मिनेट समय थप गरिने छ। त्यसमा पनि बराबरी भए टाई ब्रेकरबाट विजेताको टुंगो लाग्नेछ।

लिग चरणमा बराबरी भए दुवै टिमले समान १–१ अंक पाउनेछन्। लिग चरणमा स्थान चयनका लागि हेड टू हेड पहिले हेरिन्छ र त्यसमा बराबरी भए गोल डिफरेन्समा जाने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]