एजेन्सी – कोरोना भाइरसको सङ्क्रमणले नयाँ रेकर्ड बनाइरहँदा भारत सरकारले गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त राहत प्याकेज अन्तर्गत गरीब जनतालाई दुई महिनाका लागि निशुल्क खाद्यान्न बितरण गरिने छ । प्रधानमन्त्री गरीब कल्याण कोष अन्न योजना अन्तर्गत प्रति व्यक्ति ५ किलो चामल बितरण गरिने जनाइएको छ ।यसबाट भारतका ८० करोड गरीब जनतालाई राहत मिल्ने छ । यसैबीच भारतीय प्रधानमन्त्री मोदीले १० वटा राज्यका मुख्य मन्त्रीहरूसँग आकस्मिक बैठक समेत गरेका छन् ।
भर्चुअल बैठकमा प्रधानमन्त्री मोदीले कोरोनाले भयावह रूप लिइरहेको बेला देशमा अक्सिजन अभाव हुन सक्नेतर्फ सरकार सचेत रहेको र अक्सिजन अभाव हुन नदिन सरकार लागिपरेको बताए ।