०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

काठमाडौं – जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर मूल्यसमेत बढ्न थालेको छ । लगानीकर्ताको आकर्षण बढेसँगै १० महिना अघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेका अधिकांश जलविद्युत् कम्पनीका सेयर मूल्य पछिल्लो समय सयदेखि डेढ सय प्रतिशतसम्म बढेका हुन् ।

चालू आर्थिक वर्ष अर्थात् साउन महिनाको पहिलो कारोबारका दिन दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १७ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर अंकित मूल्यभन्दा निकै माथि रहेका छन् ।बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । चालू आर्थिक वर्षको पहिलो कारोबार अर्थात् गत १३ जुलाईमा ९५८ दशमलव ३५ अंकमा रहेको उपसूचक हाल आएर १ हजार ६ सय ७ अंकले बढेर १९ अप्रिलमा २ हजार ५ सय ६६ दशमलव १७ मा पुगेको छ ।

हाल नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३८ वटा जलविद्युत् कम्पनीको सेयर सूचीकृत छन् । यीमध्ये अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ८ सय ७५ मा कारोबार भइरहेको छ । त्यस्तै, सोमबारको नेप्सेको तथ्यांकअनुसार माउन्टेन इनर्जीको ७ सय ८२, चिलिमे हाइड्रोपावरको ६ सय ४४, राधी विद्युत् कम्पनीको ४ सय ८७, रसुवागडी हाइड्रोपावरको ४ सय ७४, सान्जेन जलविद्युत् कम्पनीको ४ सय ५७, बुटवल पावर कम्पनीको ४ सय १९ रुपैयाँमा सेयर कारोबार भएको छ । भने, ३ सयभन्दा माथि कारोबार गर्ने नौ कम्पनी छन् । चालू आर्थिक वर्षको सुरुवातमा १७ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा निकै कम रहेका थिए ।

पछिल्लो १० महिनाको तथ्यांक हेर्ने हो भने समग्र बजारकै विकास भएको छ । बजार बढिरहँदा प्रति सेयर आम्दानी ३० प्रतिशत बढी रहेका कम्पनीको सेयर मूल्य समेत अंकित मूल्यभन्दा कम रहेको थियो । यसरी अस्वाभाविक रूपमा घटेका कम्पनीको सेयरमा बजार बढ्न थालेपछि लगानीकर्ताको आकर्षण सस्तोमा परपछि जलविद्युत् कम्पनीका सेयर मूल्य पनि बढ्न सुरु गरेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।कोरोना भाइरसको प्रभावबीच पनि जलविद्युत् क्षेत्रमा अन्य क्षेत्र जस्तो बृहत् प्रभाव परेन त्यसले पनि जलविद्युत् कम्पनीका सेयर बढाउन मद्दत गरेको हो । अर्कोतर्फ सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् । जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत सरकारले, रुग्ण जलविद्युत् आयोजनाको विकासका लागि सरकारको सकारात्मक सहयोगले पनि यस क्षेत्रको सेयर बढ्नुमा मद्दत पुगेको अध्यक्ष अर्यालले बताए ।

सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा अहिले आएर यस क्षेत्रमा लगानीकर्ता लगानी गर्न इच्छुक देखिएका छन् । जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भए पनि जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस गर्न पाएका थिएनन् । लगानीकर्ताहरू अब भने नियमन आएको महसुससमेत गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]