०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

बाँके – बाँके निर्बाचन क्षेत्र नं २ बाट संघिय संसदमा निर्वाचित सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्जमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने भएका छन् ।

पुर्व मन्त्री राईले आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका हुन । लाइभपाटी डट कमसगँ कुरा गर्दै पुर्व मन्त्री राईल भने–‘नेपालगञ्ज उपमहानगरपालिका भित्र बाटो र धार्मिक संस्था भित्रको निर्माण कार्य कार्यान्वयन नगरेको रकमलाई रकमान्तर गरी कोभिडको बिरामीको लागि आवश्यक पर्ने ५ हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।’

पछिलो समय नेपालगञ्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन । भेरी अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै बिरामीका लागि चाहिने अक्सिजनको समेत अभाव भएको छ ।यहीबेला पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का सांसद राईले भेरी अस्पताललाई ५० लाख रकम भेरी अस्तपताललाई अक्सिजन खरीदका लागि उपलब्ध गराएका गरेका छन् ।

बाँके क्षेत्र नम्वर २ का सांसद राईले अस्पतालमा अक्सिजनको अभाव कम हुने र कोरोना संक्रमितलाई राहत भेरी अस्पताललाई ५ हजार थान अक्सिजन खरीदका लागि उक्त रकम प्रदान गरेको जानकारीदनिुभयो । पुर्व मन्त्री राईले कोरोनाविरुद्धको लडाइँ लड्नका लागि मनकारीहरुसँग सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]