सप्तरी – सिरहाकाे नवराजपुरका एक जना निर्दाेष ब्यक्तिलाई बिना कारण फसाएकाे भन्दै समाजवादि जनता पार्टीले अान्दोलन गर्न चेतावनि दिएका छन ।
नवराजपुर गाउ कमिटीका अध्यक्ष शिव उदगार यादव ( शिबाले ) एक ज्ञापनपत्र बुझाउदै यस्तो चेतावनि दिएका हुन । बुझाएको ज्ञापनपत्रमा बिना कारण नवराजपुर गाउपालिका वडा न.१ तामासुइया निवासि फैयाग मियाकि श्रीमती सदिना खातुन र अासमा खातुनबिच समान्य विवाद हुदा भएको झैँ झगडामा साेहि ठाउका हजरत मिया सहितलाइ बिना कारण स्थानिय प्रहरि प्रशासनले राजनितिक दवावमा अाएर मुद्दा दर्ता गरि फसाउन खाेजेकाे अाराेप लगाएका छन ।
त्यस्तै बिना कारण निर्दाेष ब्यक्तिलाई इलाका प्रहरी कार्यालय लहानका डिएसपि शरद कुमार थापाले साेधपुछकाे नाउमा मिया सहितका ब्यक्तिहरुलाइ बाेलाएर फसाउने कार्य गरेकाे भन्दै साे कार्यकाे घाेर भत्सर्ना गर्दै बिना कारण पक्राउ गरेका ब्यक्तिहरुलाइ रिहा नगरेकाे खण्डमा कडा अान्दाेलन गर्ने चेतावनि समेत दिएका छन ।
साे ज्ञापनपत्र सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश प्रहरी कार्यालय जनकपुरधाम ,जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानलाइ समेत बाेधार्थ गरेकाे गाउँ कमिटिका अध्यक्ष शिबाले जानकारि दिनुभयाे । अाफुहरुकाे जायज माग अविलम्ब पूरा नभएको खण्डमा अझै सशक्त अान्दोलन गर्न चेतावनि समेत बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।