काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै २३८ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७७ रन बनाएका थिए । सिरिजमा आफ्नो चौथो अर्धशतक बनाएका भुर्तेलले ५३ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन बनाएर आउट भएका थिए ।
त्यस्तै नेपालका लागि कुशल मल्लले पनि अर्धशतक प्रहार गरेका थिए । मल्लले २४ बलमा अर्धशतक पुरा गरेका थिए । यो नेपालका कुनै खेलाडीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो तिब्र अर्धशतक हो । उनले अविजित रहदै ५० रन बनाए ।
त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ सेखले १६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १८ बलमा अविजित ४८ रन बनाए ।
नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च रन बनाएको छ । यस अघि नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका बलर फिलिप बोइसीभैनले २ विकेट लिए भने सेबास्टेन ब्राटले एक विकेट लिए ।