इराकको बागदादस्थित एक कोभिड-१९ अस्पतालमा आगो लाग्दा २३ जना बिरामीको मृत्यु भएको छ। शनिवार साँझ कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी दर्जनौ बिरामीहरु घाइते भएको बताइएको छ।
अक्सिजन सिलिन्डर सही तरिकाले स्टोर नगरेका कारण पड्केको र उक्त घटना भएको बताइएको छ। इब्न अल खतिब अस्पतलामा भएको उक्त घटनापछि बिरामी र बिरामीका आफन्तहरुको भागभाग चलेको थियो।इराकी प्रधानमन्त्री मुस्ताफँ अल कधिमीले घटनामा परी मृत्यु भएकालाई श्रद्धाञ्जली दिँदी घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।
त्यहाँको सुरक्षा निकायका अनुसार घटनास्थलबाट ९० जनालाई उद्धार गरिएको छ। अस्पतालमा १२० जना बिरामी रहेको उल्लेख गरिएको छ। यद्यपि घटनमा कति घाइते भए र कतिको ज्यान गयो अझै एकिन विवरण आएको छैन। सिएनएनले उक्त घटनामा परी १९ जनाको ज्यान गएको जनाएको छ।