सप्तरी – सप्तरीको बोदे बरसाईन नगरपालिका वडा न. –५ जाँजरस्थित खडक नदीकाे वालुवामा गाडिएको अवस्थामा आज एक नवजात शिशु जिवित अवस्थामा फेला परेको छ ।
टाउकोतिरबाट आधा शरीर बालुवामा गाडिएको अवस्थामा फेला परेको शिशुलाई जनप्रतिनिधि र स्थानीय प्रहरीले उद्धार गरी राजविराज स्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पताल पठाएको छ ।
स्थानीयले शिशुबारे जानकारी गराएसँगै नदीमा पुगेको प्रहरी टोलीले उद्धार गरी उपचारकोलागि पठाइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शिशु कसले नदीमा फालेको विषयमा अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
यता फेला परेको शिशु (वालक)को स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ घण्टाभित्रै शिशुको जन्म भएको हो ।
यसअघि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ सखडा गाेविन्दपुरमा समेत एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेकाे थियाे ।
साे शिशुकाे पनि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा सकुशल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे ।