काठमाडौं – भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । यसैबीच भारतमा स्यानिटाइजर पिएर ७ जनाको ज्यान गएको छ ।
भारतिय मिडियाका अनुसार भारतको महाराष्ट्रमा रहेको यवतमालमा स्यानिटाइजर पिएर ७ जनाले ज्यान गुमाएका हुन् । त्यहाँको प्रहरी अनुसार ज्यान गुमाएका उनीहरुले मदिरा नपाएपछि स्यानिटाइजर पिएका हुन् । स्यानिटाइजर पिएका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।उनीहरुको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । मदिराको लत लागेका उनीहरुले पसल बन्द भएपछि स्यानिटाइजर पिएका हुन् ।
स्यानिटाइजर पिएका दत्ता लांजेवार र नूतन पाथकरलाई छातिमा समस्या देखिएको थियो । अस्पताल भर्ना भएको केही समयमा उनीहरुको ज्यान गएको जनाइएको छ ।