०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

इस्लामावाद – पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तान र भारतबीच गोप्य वार्ता भएको खबरको खन्डन गरेका छन् । टर्कीको टीआरटीवर्ल्ड टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच कुनै ‘ब्याकडोर च्यानल’बाट वार्ता नभएको स्पष्ट पारेका हुन् ।

“भारतसँग हाम्रो कुनै कुराकानी भएको छैन । न त संयुक्त अरब इमिरेट्स (यूएई)ले कुनै वार्ता गर्न मध्यस्थता गरेको छ,” उनले भने । केही दिनअघि मात्र यूएईको मध्यस्थतामा भारत र पाकिस्तानबीच गोप्य रुपमा छलफल भइरहेको समाचारहरु आएका थिए ।पाकिस्तान वार्ताका लागि सधैँ तयार रहेको भन्दै कुरैशीले भारत सधैँ वार्ताबाट पर भाग्दै आएको आरोप लगाए । आफ्नो आर्थिक विकासका लागि पाकिस्तानले पूर्व र पश्चिमा सबै देशसँग सुमधुर सम्बन्ध बनाउन चाहेको भन्दै उनले भारतले उक्साउने किसिमका कदम चाल्दै आएको जिकिर गरे ।

“पाकिस्तान वार्ताका लागि तयार छ । यसका लागि भारतले आफ्नो कश्मिर नीतिमा पुनर्विचार गर्नुपर्छ,” कुरैशीले भने । यस क्षेत्रमा कुनै पनि चरमपन्थी समूहले कब्जा नगरून् भन्ने आफूहरुको मुख्य चासो रहेको भन्दै उनले आफूहरु वार्ताका लागि तयार रहेको बताएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]