सप्तरी – कोरोना संक्रमणका कारण बिरामी भएर अस्पतालमा उपचाररत कलाकार मनोज गजुरेल डिस्चार्ज भएका छन् । आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको आइतबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएको र केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कनेछु उनले बताएका छन् ।
गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।