सप्तरी – बिश्वसगे सप्तरी जिल्लामा पनि दाेस्राे काेराेनाकाे लहर शुर भएको छ ।
यसे क्रममा सप्तरीमा अाज मात्रै एकै परिवारका ११ जनासहित थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.–३ तरही हटैलका ७ महिला र ४ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीया लाल यादवले जानकारी दिनुभयाे ।
यसैगरी राजविराज नगरपालिका वडा न.–९ की एक महिला, हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–४ का एक तथा विष्णुपुर गाउँपालिका वडा न. –१ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ जना पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताएका छन । यसअघि सप्तरीमा मात्रै थप १२ जना सक्रिय सन्क्रमित रहेकाे स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता बिना माक्सकाे हिडनेहरुबाट रु १०० जरिवाना तथा एक महिना कैद गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । स्मरण रहाेस यसअघि पनि सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.३ तरहिके एक युवकबाट काेराेना कहरकाे शुभार्मभ भएको थियाे ।