०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १३, २०७८

बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मृतकहरु सबैको स्वास्थ्यमा कोरोना संक्रमणसँगै मधुमेह, उच्च रक्तचाप, दम, निमोनिया र मिर्गौला सम्बन्धी स्वास्थ्य समस्या थियो ।कोरोना संक्रमणपछि उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट आइतबार एकैदिन बागमती प्रदेशका १ हजार ५८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]