भारत – भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ४४ जना थप भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कुन संक्रमितको संख्या १,७६,३८,३०७ पुगेको छ भने मृतकको संख्या १,९७,८९४ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घन्टामा २८,०९,७९,८७७ नमूनाको जाँच गरिएको थियो।