०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १४, २०७८

नियम भनेको नियम नै हो । नियम लगाएपछि त्यसको पालना सबैले गर्नैपर्छ । त्यस्तै भएको छ थाइल्याण्डमा । सरकारले बनाएको नियम प्रधानमन्त्रीले नै तोडेपछि उनलाई जरिवाना लागेको छ ।

थाइ प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट (१९० अमेरिकी डलर) जरिवाना गरिएको छ ।थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफ्नै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री प्रयुथ चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो ।बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछि कारबाही गरिएको हो ।

जबकि तिनै प्रधानमन्त्रीले कोरोना महामारीका बीच मास्क नलगाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लगाएका थिए । थाइल्याण्डमा कोरोनाका कारण हालसम्म ५९ हजार २२५ जना संक्रमित भइसकेका छन् । मंगलबार २ हजार १७९ जना संक्रमित थपिएका छन् । १५ जना मृतक थपिएका छन् ।

हालसम्म १६३ जनाको ज्यान गइसकेको छ । थाइल्याण्डमा अझै २५ हजार ९७३ जना सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]