०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १४, २०७८

जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा त्यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ।

त्यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या झन धेरै देखिएको बताइएको थियो।त्यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ। त्यहाँका अधिकारीहरूले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन्।जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा त्यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने १० हजार जना पुगेका छन्।जापानको राजधानी टोकियो र त्यसपछि त्यहाँका पश्चिमी प्रान्तहरू सहरहरू ओसाका, क्योटो र ह्योगोमा त्यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो। सो संकटकालपछि त्यहाँ सोमबार मात्र कम्तिमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ।

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरू कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो। त्यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ। त्यहाँका अधिकारीहरूले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]