एजेन्सी – भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो ।
यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।
यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।