१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १७, २०७८
Sorry No Photo is selected hare

सप्तरी : जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ जना अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरिरहेका छन् । उनीहरुले सांसदबाट पदमुक्त गरिएको विषयमा भावी रणनीति तय गर्नेबारे छलफल गरिरहेका हुन् ।

जसपाको बबहरमहलस्थित कार्यालयमा छलफल चलिरहेको छ । छलफलमा लुम्बिनी प्रदेशका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छलफलमा छन् । उनीहरुलाई पार्टीको नीति विपरित कार्य गरेको भन्दै प्रदेश कमिटीले पत्र लेखी सांसद पदबाट निष्काशित गर्न भनेबमोजिम हटाइएको सुचना प्रकाशित भएको छ ।

आफ्ना पक्षका ४ प्रदेश सभा सांसद पदमुक्त भएपछि महन्थ ठाकुर असन्तुष्ट छन् । उनले कारबाहीलाई अवैधानिक भनिसकेका छन् । ४ जना प्रदेश सभा सांसद अदालतमा जानेबारे छलफलमा बसेका हुन् ।

उपेन्द्र यादव पक्षधरले ४ सांसदलाई पदमुक्त गरेको हो । उनीहरु मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि कित्ता परिवर्तन गरी मन्त्री बनेका थिए । यो घटनाले जसपाभित्र विवाद चुलिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]