सप्तरीमा अाज मात्रै थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ५९ जना पिसिआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमध्ये रामेछापकी एक ३० वर्षीय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिकाकै मात्रै १४ जनामा संक्रमण देखिएको हो । वडा नम्वर १ का ६० वर्षीय, २ का १५ वर्षीय, ३ का ३४ वर्षीय, ५ का ४२ र ७० वर्षीय, ७ का ३५ र ४० वर्षीय पुरुषमा संक्रमण देखिएको उहाँले जानकारी दिन्भयो ।
यसैगरी वडा नम्वर ८ का २२ र ३१ वर्षीय महिला तथा ४०–४० वर्षीय दुई जना पुरुष, ९ का ६० वर्षीय, १० का २५ र ११ का ४२ पुरुषमा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताउनु भयो ।
योसँगै डाक्नेश्वरी नगरपालिका–३ का ४८ वर्षीय र ९ का ३० वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–५ का ३८ र ७ का ३० वर्षीय पुरुष, खडक नगरपालिका–९ का २२ वर्षीय पुरुष, बलान विहुल विहुल गाउँपालिका–१ का ४५ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ५८ वर्षीय र ६० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–६ का ६० वर्षीय पुरुष, राजगढ गाउँपालिका–४ का १९ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–५ का ५१ वर्षीय पुरुष र अग्निसाइर कृष्णासवर गाउँपालिका–१ का ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले सप्तरीमा सक्रिय ७६ जना सक्रिय संक्रमित छन् । यता कोरोना भाइरस संक्रमणबाट हालसम्म सप्तरीमा ४२ जनाले ज्यान गुमाइसकेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।