२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १८, २०७८

सप्तरी : कोरोना भाइर संक्रमण तिव्र गतिमा फैलिएसँगै अमेरिकाले भारतबाट आफ्नायात्रा प्रतिबन्ध देशमा आउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धका बीच केहीलाई भने अमेरिकाले यात्रा छुट दिएको छ।

छुट पाएका व्यक्तिले भने प्रतिबन्धका समयमा पनि अमेरिका जाने अनुमति पाउने छन्। यो यात्रा प्रतिबन्ध अनिश्चित समयका लागि हो जतिबेलासम्म राष्ट्र जो बाइडेनले फुकुवा गर्दैनन्।

अमेरिकी प्रशासनका अनुसार अमेरिकी नागरिक या स्थायी निवासी र उनका पति या पत्नीले प्रतिबन्धको समयमा छुट पाउने बीबीसीले जनाएको छ।
अमेरिका जानु पहिले १४ दिन भारतमा रहेकाहरुलाई पनि यात्रा प्रतिबन्ध लागू हुनेछ।

छुट पाएकाहरुले पनि कोरोना भाइरस नेगेटिभ रिपोर्ट भने पेश गर्नुपर्नेछ । जुन अमेरिका पुग्नुभन्दा तीन दिन अनि अघिको मात्र हुनुपर्नेछ। त्यस्ता व्यक्तिले अमेरिका पुगेको तीनदेखि पाँच दिनपछि एक पटक कोरोना जाँच गर्नुपर्ने छ भने सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ।

अमेरिकाले मात्र होइन बेलायत, क्यानडा, अस्ट्रेलिया र संयुक्त अरब इमिरेटले पनि भारतमाथि यात्रा प्रतिबन्ध लगाएका छन्।

यस्तो प्रतिबन्ध ४ मे बाट लाग्ने अमेरिकाले जनाएको छ।

भारतमा कोरोना संक्रमणको दर लगातार बढिरहेको छ र एक दिनमा चार लाख भन्दा धेरै मानिस संक्रमित भइरहेका छन्।

पछिल्लो एक हप्तामा मात्र दश लाख भन्दा धेरै मानिसमा संक्रमण पाइएको छ। अहिलेसम्म कोरोनाका कारण भारतमा २ लाख ११ हजर ७ सय ७८ जनाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]