२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १८, २०७८

भारतमा कोरोना भाइरसले विस्फोटक रुप लिँदै गएको छ। त्यहाँ दिनदिनै संक्रमितहरुको नयाँ रेकर्ड बन्दै गएको छ। भारतमा पछिल्लो २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहँदा भारतको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको छ। देशमा संक्रमितको आँकडा शुक्रवार पहिलो पटक चार लाखमाथि पुगेको हो। ४ लाखभन्दा धेरै नयाँ संक्रमित भेटिँदा भारतमा ३५ सय २१ जनाले ज्यान गुमाएका छन्। तर एउटा राम्रो समाचार भनेको त्यहाँ एकै दिन अहिलेसम्मकै धेरै २ लाख ९८ हजार ९५१ संक्रमितले कोरोना जितेका छन्। भारतमा केबल १० दिनमै नयाँ संक्रमितको आँकडा चार लाख माथि पुगेको हो। देशभरिमा संक्रमणको गतिको कुरा गर्दा १० दिनमै संक्रमितको आँकडा दैनिक ३ लाखदेखि चार लाखमाथि पुगेको हो। यसअघि २१ अप्रिलदेखि दैनिक ३ लाखभन्दा धेरै संक्रमित थपिन थालेका थिए। २१ अप्रिलमा ३ लाख १५ हजार संक्रमित भेटिएका थिए।

त्यसपछि २२ अप्रिलमा ३ लाख ३२ हजार, २३ अप्रिलमा ३ लाख ४५ हजार, २४ अप्रिलमा ३ लाख ४८ हजार, २५ अप्रिलमा ३ लाख ५४ हजार, २६ अप्रिलमा घटेर ३ लाख १९, २७ अप्रिलमा बढेर ३ लाख ६२ हजार, २८ अप्रिलमा ३ लाख ७९ हजार, २९ अप्रिलमा ३ लाख ८६ हजार र ३० अप्रिलमा सबैभन्दा धेरै ४ लाख १ हजार नयाँ संक्रमित भेटिएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]