सप्तरी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबारदेखि जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेलले जिल्लामा महामारी फैलिदै गएको हुदा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको जानकारी गराउनु भएको हो ।सप्तरीमा कोभिड–१९ को सक्रिय संक्रमण संख्या बढ्दै गएकोले जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधन भोलि मिति २०७८/0१/१९ गतेदेखि लागुहुने गरी जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, प्रमुख ले भने ।
यस विषयमा गृहमन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको उनले जानकारी दिए ।