धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ । सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–८ की ३८ वर्षीया महिलाको सोमबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो। उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था जटिल बनेपछि प्रतिष्ठानको आइसीयू कक्षबाट सोमबार कोभिड–१९ अस्पतालमा भर्ना गरिएकी युवतीको मंगलबार बिहान १ बजेर ५ मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा। श्रेष्ठले जानकारी दिए।