भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शनिबार हालसम्मकै बढी ४ लाखभन्दा बढीमा संक्रमण देखिएको थियो।
यस्तै, संक्रमणका कारण एकैदिन थप ३ हजार ६८९ जनाको मृत्यु भएको छ।आइतबार बिहानसम्म ३ लाख ७ हजार ८६५ जना संक्रमण मुक्त भएका छन्। जससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ लाख ४९ हजार ६४४ पुगेको छ।
भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोभिड १९ संक्रमण देखिँदा २ लाख १५ हजार ५४२ जनाको मृत्यु भइसकेको छ।