१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने भनिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ।

कोलकताका दुई खेलाडी कोरोना संक्रमित भएपछि आजको खेल स्थगित भएको हो। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजे सुरु हुने निर्धारित थियो।जारी सिजनको आईपीएल सुरु हुनुअघि पनि धेरै खेलाडीहरु कोरोना संक्रमित भएका थिए। जसमा नितिश राना, देवदत्त पार्डिकल, अक्षर पटेल लगायतका खेलाडीहरु थिए। यद्यपि आईपीएलका क्रममा भने बायो बबल बनाएर कोभिडबाट खेलाडी सुरक्षित रहँदै आएका थिए। कोलकत्ताका बरुण चक्रवर्ती र सन्दीप वारियर्सलाई कोभिड पोजेटिभ देखिएको इएसपीएनक्रिकइन्फोले जनाएको छ। यसबाहेक अन्य खेलाडीको कोभिड टेस्टमा संक्रमण नदेखिएको आईपीएलले जनाएको छ।

कोलकताले एक विज्ञप्ति जारी गर्दै अन्य सम्भाविक केसहरु रोक्न दैनिक टेस्टहरु गराउने जनाएको छ। त्यस्तै आईपीएलले तीनदिनसम्म होटलमा आईसोलेट हुन कोलकतालाई निर्देशन दिएको बताइएको छ।भारतीय मिडियाको दावीलाई मान्ने हो भने कोलकत्ताले मार्चको अन्तिम हप्तामा मुम्बइमा एक होटलमा बायो बबल बनाएर खेलाडीहरुलाई राखेको थियो। र, अप्रिलको दोस्रो हप्तामा टोली चेन्नइ गयो। त्यहाँ पनि टिम बायो बबलमै थियो। तर १८ अप्रिलमा टिम फेरि फर्किएर मुम्बइ पुग्यो। र, मुम्बइमा फेरि फर्किएर आउँदै बायो बबलमा लापारवाही भएकाले कोरोना संक्रमण फैलिएको सूत्रको हवाला दिँदै दैनिक भाष्करले दाबी गरेको छ।

भारतमा पछिल्लो समय कोभिडको संक्रमण ह्वात्तै बढेको छ। आईपीएलमा पनि रविन्द्रन अश्विनले यसअघि कोभिडमा परिवारसँगको साथ आवश्यक भएको भन्दै प्रतियोगिताबाट बाहिरिएका थिए भने तीन जना अस्ट्रेलियन क्रिकेटहरु पनि प्रतियोगितालाई बीचमै छाडेर स्वदेश फर्किएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]