१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ ।बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, “खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्न । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुशी साट्न प्रयत्न गरेका थियौं, तर अब आइपिएलमा सम्बद्ध सबै व्यक्ति आइपिएलका खेलबाट बिदा भएर आआफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।”

गत अप्रिल ९ बाट शुरु भएको यस वर्षको आइपिएलमा २९ वटा खेल भएका थिए । यी खेलहरु रङ्गशालामा दर्शक बिनै खेलाइएका थिए । भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहरले सिङ्गो स्वास्थ्य प्रणालीमाथि गम्भीर सङ्कट निम्त्याएको थियो ।कोभिड–१९ बाट खेलाडी र खेल पदाधिकारी नै संक्रमित भएपछि सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको थियो । मङ्गलबार पनि चेन्नाई सुपर किङ्ग्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

भारतीय आइपिएलमा विश्वकै सर्वाधिक सफल क्रिकेट खेलाडीहरुले २०–२० क्रिकेट खेल्ने अवसर पाउने गर्दथे । गत वर्ष पनि कोभिड महामारीकै कारण यो प्रतियोगिता युनाइटेड अरब इमिरेट्समा खेलाइएको थियो ।आइपिएलमा सहभागी खेलाडीहरुलाई स्वदेश फर्कन भने निकै कठिनाई हुने देखिएको छ खासगरी बेलायत र अस्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा अस्थायी रुपमा रोक लगाएपछि समस्या उत्पन्न भएको छ ।यसैबीच, क्रिकेट अस्ट्रेलियाले भारतमा रहेका स्टिभ स्मिथ र डेभिड वार्नर समेतका आफ्ना खेलाडीहरुको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्न लागेको जनाएको छ ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्ला तीन महिनामा कोभिड संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दुई लाख २० हजार नाघिसकेको छ ।

कोभिड संक्रमण तिब्र गतिमा फैलिएको जनाउँदै गत साता अस्ट्रेलियाली खेलाडीहरु एन्ड्रु टाई, एडम जाम्पा र केन रिचार्डसनले आइपिएल परित्याग गरी स्वदेश फर्किएका थिए । त्यस्तै, रविचन्द्रन अश्विन र लियाम लिभिङस्टोनले पनि बीचमै आइपिएल छाडेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]