१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको समयमा अरविन्द केजरीवाल नेतृत्वको सरकारले राहतको घोषणा गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले २ महिनासम्म पुग्ने खाद्यान्न निशुल्क दिने र ५ हजार रुपैंया नगद दिने घोषणा गरेका छन्।

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने मानिसहरुले भोकमरीको संकट व्यहोर्नुपर्ने अवस्था आएको छ।

सोही अवस्थालाई मध्यनजर गर्दै केजरीवाल सरकारले यस्तो घोषणा गरेको हो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार पत्रकार सम्मेलन गरेर त्यहाँका अटो तथा ट्याक्सी चालकलाई दुई महिनासम्म पाँच हजार रुपियाँ प्रदान गर्ने बताएका छन्।

साथै उनले दिल्लीका ७२ लाख रासनकार्ड भएका मानिसलाई निशुल्क खाद्यान्न उपलब्ध गराउने पनि घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]