२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २२, २०७८

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार ६ सय ८९ को मृत्यु भएको थियो ।त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अघिल्लो दिन ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो ।भारतमा आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका थिए । शुक्रबार भने एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । जुन भारतमा महामारी सुरु भएयताकै बढी हो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ जना संक्रमित भएका थिए ।

भारतमा अहिलेसम्म २ करोड ६ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ६९ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ८८ पुगेको छ ।भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड ५ लाख डोज खोप लगाइएको छ ।भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६५ हजार ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा १८ हजार ७ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ३८ जनाको मृत्यु भएको छ ।पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३६ हजार ६ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम बंगालमा १६ हजार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ भने १०७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने १०५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]