०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

धरान – कोरोना संक्रमितको उपचारका लागि सुनसरीको बराहक्षेत्र नगरपालिकामा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ।

बराहक्षेत्र नगरपालिकाले स्थानीय सप्तकोसी बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले बराहक्षेत्रमा ५० बडको आइसोलेसन सञ्चालनमा ल्याइएको मेयर निलम खनालले जानकारी दिए। आइसोलेसनमा नगरपालिकाले संक्रमित बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरिएको उनले बताए। आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने पनि मेयर खनालले बताए। उनले कोरोना संक्रमितको उपचारका लागि आफूले चलाउदै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन्।

‘जनता रोगले छटपटाउँदा हामी गाडीमा चढेर हिँड्न नैतिक रुपमा पनि मिल्दैन’, उनले भने, ‘मैले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा संक्रमित बोक्न प्रयोग गरिने छ।’ आइसोलेसनमा भर्ना भएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिने र अक्सिजनको समेत व्यवस्था गरिएको छ। गाउँमै आइसोलेसन सञ्चालनमा आए पश्चात बराहक्षेत्रका बासिन्दालाई कोरोना उपचारमा सहयोग पुग्ने भएको छ। सुनसरीमा बराहक्षेत्र नगरपालिकाले पहिलो पटक आइसोलेसन सेन्टर संचालनमा ल्याएको हो।

इटहरी नगरपालिकाले पनि इटहरी रंगाशालामा ५० बेडको आइसोलेसन संचालनको तयारी गरेको उपमेयर लक्षमी गौतमले जानकारी दिएकी छिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]