सप्तरी – नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ।यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो।
गत चौबीस घन्टामा २७०७ जनाको डिस्चार्ज भएको छ। यसैगरी गत चौबीस घन्टामा २०३६७ जनाको पीसीआर तथा ७७५ जनाको एन्टिजेन परीक्षण भएको छ।