१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापाको तुलना एमालेकै अर्का नेता खिमलाल देवकोटासँग हुनै नसक्ने ठहर गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

थापा र देवकोटा दुवैले वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त पदका लागि जेठ ६ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिएका छन् । दुवै नेता एमालेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको तथा दललाई विधि-विधानअनुरुप सञ्चालन नगरेको भन्दै खनाल-नेपाल पक्ष लगातार आन्तरिक संघर्षमा छ । यस्तोमा ओली पक्षलाई थप दबाब दिन खनाल-नेपाल पक्षले प्रतिपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्रसँग मिलेर राष्ट्रिय सभा उपनिर्वाचनमा देवकोटालाई उम्मेदवार बनाएको छ । उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।देवकोटाको उम्मेदवारीसँगै ओली पक्षका दोस्रो तहका नेताहरु असन्तुष्ट खनाल-नेपाल पक्षका नेताहरुसँग निरन्तर छलफलमा रहेपनि सहमति निस्किएको छैन । खनाल-नेपाल पक्षले २०७५ जेठ २ कै अवस्थामा पार्टी पुग्नुपर्ने अडान छाडेको छैन ।

यस्तोमा ओलीनिकट पोखरेलले नेता नेपालको तुलना थापासँग नभएजस्तै गरी थापाको पनि तुलना देवकोटासँग नहुने भन्दै मनन गर्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसंँ हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन । मनन गरौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]