सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो ।
स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे करोना पोजेटिभ भएपछि नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।
यो सँगै सिरहामा ८ जनाको मृत्यु भएको छ । भन्ने १५ जना निको भएर घर फर्केका छ । सिरहामा हाल एकसय ८६ जना होम आइसोलेसन र १९ जना जिल्ला स्वास्थ कार्यालय सिरहाले संचालन गरेको आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिएको हो ।