१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८

बुटवल – रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते कोरोना पोजेटिभ देखिएका तिलोत्तमा–३ का ४० वर्षीय पुरुषको आइतबार मध्यान्ह १२:२१ बजे अस्पतालको इमर्जेन्सीमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।यस्तै वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भई इमर्जेन्सीमा भर्ना भएकी बुटवल–८ की ६५ वर्षीया महिलाको आइतबार मध्यान्ह १२:२० मा मृत्यु भएको हो । यसैगरी वैशाख २४ मा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल–३ की ७४ वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६८ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]