सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।
आइतबार प्रदेशका विभिन्न अस्थाई कोरोना अस्पतालमा थप १८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २०८ पुगेको हो ।मृत्यु हुनेमा कञ्चनपुरका ७, कैलालीका ९, बाजुरा १ र दार्चुला अस्पतालमा १ जनाको कोरोना संक्रमितका कारण मृत्यु भएको थियो ।
७ सय ८३ मा एन्टिजेन परिक्षण गर्दा २ सय ११ जनामा कोरोना पुष्टी भई ११ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८१ मा पिसिआर परिक्षण गर्दा ८ सय ५६ जनामा कोरोना पोजेटिभ पुष्टी भई ७ जनाको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
हाल सम्म अछाम ३, बैतडी ६,बझाङ्ग ३,बाजुरा,२,डडेल्धुरा,४,दार्चुला २, डोटी,३, कैलाली, ६५, कन्चनपुर २९ र अन्य जिल्ला १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भई सकेको उनले बताए ।
त्यस्तै प्रदेशमा हाल सम्म ३१ ह्जार ८७९ मा एन्टिजेन परिक्षण भएको छ । पोजेटिभ ४ हजार ४४ छन भने मृत्यु ९० जना भएको उनले बताए ।
नेगेटिभ २७ हजार ८ सय ३५ जना छन । १ लाख ५२ हजार ७२ मा पिसिआर परिक्षण गर्दा २० हजार १ सय ३४ जना पोजेटिभ छन भने १ सय १८ जनाको मृत्यु भएको कार्की ले जानकारी दिए ।१ लाख ३१ ह्जार ९ सय ३८ जना नेगेटिभ छन । डडेल्धुरा अस्पतालमा २३ हजार ९ सय ३९ को परिक्षणमा २ हजार १ सय ३९ पोजेटिभ छ भने सेती प्रादेशिक अस्पतालमा ८५ हजार ३ सय ३० मा परिक्षण गर्दा १० हजार ७ सय ७९ मा पोजेटिभ भएको मन्त्रालयले जनाएको छ ।
डोटी मा ७ हजार ७ सय ४१ म परिक्षण गर्दा ९ सय ३३ मा पोजेटिभ छ । बैतडीमा ४ हजार ५ सय ८५ मा परिक्षण गर्दा ७ सय ३६ मा पोजेटिभ छ । बझाङ्गमा ७ हजार ३ सय २२ मा परिक्षण गर्दा ७ सय ७१ मा पोजेटिभ छ । कमल बजार अस्पतालमा ५ हजार १ सय ३६ जनामा परिक्षण हुदा ९ सय ४४ मा पोजेटिभ देखिदा महाकाली अस्पतालमा १ हजार ४ सय ३३ मा परिक्षण गर्दा ८ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य महाशाखा प्रमुख कार्की ले बताए ।
केन्द्रीय प्रयोगशालामा १६ हजार ३ सय ६५ जनामा परिक्षण गर्दा सम्म २ हजार ९ सय ८४ मा पोजेटिभ छ भने अन्य जिल्लाको २ सय २१ जनाको परिक्षण गर्दा ३४ जनामा कोरोना पुष्टी भएको उनले जानकारी दिए ।