१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक-एक जनाको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं। ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यही वैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यही बैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ः०० बजेतिर निधन भएको हो । उनी यही वैशाख २४ गतेदेखि उपचाररत थिए । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ः०० बजे निधन भएको हो ।

यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ः०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]