गलकोट – कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका पर्वतको कुश्मा नगरपालिका वडा नं १ का ४७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भई यही वैशाख २० गते धौलागिरी अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।उनको आज बिहान धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो ।